बैंकमा जागिर खाने तयारी हुनुहुन्छ ? अनलाइनमार्फत दिनुहोस् 'मोडल परिक्षा', बैंकका सबै भ्याकेन्सी पनि एकै ठाउँमा !

बैंकमा जागिर खाने तयारी हुनुहुन्छ ? अनलाइनमार्फत दिनुहोस् 'मोडल परिक्षा', बैंकका सबै भ्याकेन्सी पनि एकै ठाउँमा !
काठमाडौँ । अर्थ सरोकार डटकमले बैंकको तयारी गरिरहेकाहरुलाई अनलाइन मोडल परिक्षा दिनमिल्ने प्लेटफर्म सार्वजनिक गरेको छ । 'बैंकर दाई' नामक यो प्लेटफर्ममार्फत बैंकिङ तयारी गरिरहेकाहरुले मोडल परिक्षा दिन सक्नेछन् ।    
पछिल्लो समय बैंकमा जागिर खानका लागि तयारी गरिरहेकाहरुको संख्या निकै बढी भए पनि अधिकांश विद्यार्थी बैंकको लिखित परिक्षामा नै फेल हुने गरेको तथ्यलाई मध्येनजर गर्दै अर्थ सरोकारले यस्तो व्यवस्थासहितको प्लेटफर्म सार्वजनिक गरेको हो । 
'पछिल्लो समय बैंकको जागिरका लागि तयारी गरिरहेकाहरु धेरै हुन्छन् । त्यसमाथि पनि व्यवस्थापन पढेकाहरुमध्ये त धेरैको सपना बैंकमा नै जागिर खाने हुन्छ । तर तयारीका लागि चाहिने मोडल परिक्षा निकै कम मात्र पाइने, पाइएका मोडल परिक्षा दिन पनि कतिपय कोचिङ सेन्टरमा धाउनुपर्ने बाध्यता भएको पाइएपछि ती सबै बाध्यताहरुबाट विद्यार्थीहरुलाई मुक्त गराउन हामीले 'बैंकर दाई' प्लेटफर्ममा यस्तो परिक्षाको सुविधा ल्याएका हौँ ।' अर्थ सरोकार डटकमका प्रबन्ध निर्देशक सुरज प्याकुरेलले भने, 'अर्थ सरोकारको बैंकर दाई प्लेटफर्ममा अव विद्यार्थीहरुले अनलाइनमार्फत मोडल परिक्षा दिन पाउनेछन् । विद्यार्थीले दिएको परिक्षाको परिक्षा सक्नेबितिकै सो परिक्षाको नतिजा त आउँछ नै, परीक्षार्थीले दिएको कुन प्रश्नको जवाफ मिलेन, कुन प्रश्नको जवाफ मिल्यो, परीक्षार्थीले कति समयमा परिक्षा सक्काउनुभयो भन्ने नतिजा पनि तुरुन्त आउनेछ । एमसीक्युज मोडलमा आधारित सो मोडल परिक्षाले विद्यार्थीहरुको तयारीलाई थप मजबुत बनाउने विश्वास हामीले लिएका छौँ ।' 
अर्थ सरोकारको बैंकर दाई प्लेटफर्ममार्फत अव सबै बैंक तथा वित्तीय संस्थाको भ्याकेन्सी नोटिसहरु पनि अव एकै ठाउँमा हेर्न पाइने भएको छ । नेपालका कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुले सार्वजनिक गर्ने भ्याकेन्सी नोटिस अव सहजै अर्थ सरोकारको बैंकरदाई प्लेटफर्ममा उपलब्ध हुनेछ । कुन बैंकले कुन पोष्टका लागि भ्याकेन्सी निकाल्यो, सो भ्याकेन्सीमा अनलाइन आवेदन कसरी दिने, सो भ्याकेन्सीको डेटलाइन कहिलेसम्म छ भन्ने जनाकारीसहितको विवरण बैंकर दाई प्लेटफर्ममा उपलब्ध हुनेछ । 
 
अरु के के छन् बैंकर दाईका सेवाहरु ?
१. नेपालका बैंकहरुले दिने कर्जाबारे जानकारी ।
 
२. तपाईंले बचत वा मुद्दती निक्षेपमा पैसा राख्न चाहेमा कुन बैंकले कति ब्याज दिन्छ भन्ने जानकारी ।
 
३. कुन बैंकको आधार दर र निष्क्रिय कर्जा कति छ भन्ने विवरण ।
 
४. बैंकहरुले दिने क्रेडिट कार्डबारे जानकारी ।
 
५. कुन बैंकबाट ऋण लिँदा सबैभन्दा सस्तो पर्छ भन्ने जानकारी
 
६.बैंकको सेवा मन परेको खण्डमा वा मन नपरेको खण्डमा सम्बन्धित बैंकलाई रेटिङ गर्न सक्ने सुविधा
 
७. सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको गुनासो गर्ने ठाउँसम्बन्धि एकिकृत जानकारी तथा राष्ट्र बैंकको गुनासो गर्ने इकाईको अनलाइन लिंक।
 
८. बैंकहरुले गुनासोको सम्बोधन नगरे, अर्थ सरोकारमार्फत गुनासो सम्बोधनका लागि दबाब दिने सुविधा ।
 
९. बैंक तथा लघुवित्तका कर्मचारीहरुले आफूहरुमाथि अन्याय महसुस गरेको खण्डमा अफिसर वा सो भन्दा तल्लो तहका कर्मचारीहरुलाई नि:शुल्क कानुनी सेवा ।
 
१०. बैंक तथा वित्तीय संस्था सम्बन्धि सबै भ्याकेन्सी अव एकै ठाउँमा हेर्न मिल्ने सुविधा
 
११. बैंकिङ तयारी गरिरहेकाहरुलाई अनलाइनमै मोडल परिक्षा दिने सुविधा
 
१२. बैंकबाट ऋण लिने चाहानेहरुलाई अनलाइनमार्फत नि:शुल्क परामर्श
 
१३. तपाईंलाई बैंकले कतिसम्म ऋण दिन सक्छ भन्ने जानकारी पाइने 'इलिजिबिलिटी टेष्ट'
 
१४. सबै बैंक तथा वित्तीय संस्थाका जानकारी एकै पोर्टलमा हेर्न पाइने सुविधा
 
१५. तपाईंलाई मन पर्ने सीइओलाई भोट गर्ने सुविधा
 
१६. तपाईं कार्यरत बैंकको बैंकको बार्षिकोत्सव कहिले हो भन्ने जानकारी । बार्षिकोत्सव आउन कति समय लाग्छ भन्ने विवरण । (बैंकका कर्मचारीहरुका लागि)
 
१७. बजारमा सबैभन्दा चर्चित कर्जाका प्रोडक्ट र चर्चित निक्षेपका प्रोडक्टहरु कुन कुन हुन् भन्ने जानकारी ।
 
१८. बैंकर, ऋणी र बैंकिङ तयारी गरिरहेकाहरुका लागि छुट्टै सामाजिक सञ्जालको सुविधा ।

(2) Discussion on बैंकमा जागिर खाने तयारी हुनुहुन्छ ? अनलाइनमार्फत दिनुहोस् 'मोडल परिक्षा', बैंकका सबै भ्याकेन्सी पनि एकै ठाउँमा !

Log in to comment!

Kun Kun service Lin sakinxa asbata. ..I want to banking preparation model question and answer discussion. I want help for banking exam thank you