About Us

About Us

के हो 'बैंकर दाई ?'

मानौँ, तपाईं ऋण लिन खोज्दैहुनुहुन्छ, वा बैंकमा निक्षेप राख्ने सोचमा हुनुहुन्छ । यस्तो अवस्थामा तपाईंसँग सबै बैंकका सूचना, स्किम, तथा ब्याजदर सम्बन्धि  सूचनाहरु एकै ठाउँमा हेर्ने सुविधा सन्तोषजनक रुपमा छैन । बैंकका वेव साइटहरु एक एक गरी चाहार्नुपर्ने बाध्यताका बीच 'बैंकर दाई' यस्तो एउटा सहयोगी हो, जसले तपाईंलाई सबै बैंकका विभिन्न स्किम तथा ब्याजदर एकै ठाउँमा हेर्न मद्धत गर्दछ । 'बैंकर दाई'का माध्यमबाट तपाईंले विभिन्न बैंक तथा वित्तीय संस्थाका स्किमहरु दाँजेरसमेत हेर्न सक्नुहुनेछ । यसले तपाईंलाई बैंकमा पैसा राख्न वा ऋण लिन मद्धत गर्नेछ ।   

snip2.JPG 72.14 KB

सबै बैंकका कर्जा र निक्षेपका स्किम र तिनका ब्याजदर एकै ठाउँमा 

बैंकर दाई अर्थ सरोकार डटकमको एउटा प्रोडक्ट हो । ऋणीलाई ऋणको ब्याजसम्बन्धि सबै बैंक तथा वित्तीय संस्थाका जानकारी एकै ठाउँमा हेर्ने सुविधा मिलोस् भनेर बैंकर दाईको अवधारणा ल्याइएको हो । बैंकर दाई पोर्टलमार्फत ऋणी र निक्षेपकर्ताले कुन बैंकले निक्षेपमा कति ब्याज दिन्छ वा कुन बैंकको कुन स्किमअन्तर्गत ऋण लिँदा कति ब्याज पर्छ भन्ने जानकारी लिन सक्नेछन् ।

सम्बन्धित बैंक र राष्ट्र बैंकलाई गुनासो 

बैंकका कतिपय ग्राहकहरुले गुनासो पोर्टलको लिंक सम्बन्धित बैंकको वेवसाइटमा देखिनेगरी नराखिएको गुनासो गरेपछि हामीले सबैजसो बाणिज्य बैंकका गुनासो पोर्टलको लिंक एकै ठाउँमा राखिदिएका छौँ । नेपाल राष्ट्र बैंकको गुनासो पोर्टलमा जान पनि अर्थ सरोकार डटकमको डिजिटल प्रोडक्ट 'बैंक दाई' उपयोगी हुन सक्छ ।

विभिन्न क्यालकुलेटर

बैंकर दाईमा इएमआई लगायतका विभिन्न क्यालकुलेटरहरु उपलब्ध छन् । ती क्यालकुलेटरको सहायताले ऋणीहरुलाई आवश्यक निर्णय गर्न सहयोग पुग्छ भन्ने हाम्रो विश्वास छ ।

बैंकहरुलाई रेटिङ गर्न सक्ने सुविधा 

बैंकर दाई प्लेटफर्ममार्फत बैंकका सुविधा हेरेर बैंकलाई रेटिङ दिन सकिनेछ । बैंकहरुले सो रेटिङलाई हेरेर आफ्ना सेवा सुविधालाई सुधार गर्न सक्नेछन् भन्ने हाम्रो विश्वास छ ।

बैंकर दाईमा ऋण लिन वा खाता खोल्न के के कागजात चाहिन्छ भन्ने जानकारी पनि समावेश छ ।