Disclaimer

Disclaimer

'बैंकर दाई' अर्थ सरोकार डटकमको डिजिटल प्रोडक्ट हो । अर्थ सरोकार डटकम शुभम् मिडिया प्रालिद्वारा संचालित समाचार सामाग्री पस्कने न्युज पोर्टल हो ।  बैंक तथा वित्तीय संस्थाहरुले दिने सेवाको तुलना गर्न तपाईंलाई सहयोग होस् भनेर हामीले 'बैंकर दाई'को अवधारणा ल्याएका हौँ । कर्जा लिनका लागि वा, निक्षेप राख्नका लागि तपाईंलाई कुन बैंक तथा वित्तीय संस्था सबैभन्दा बढी उपयोगी हुन्छ भन्ने तुलना गर्न 'बैंकर दाईले' सहयोग गर्छ भन्ने हाम्रो अपेक्षा हो ।   

तर,अर्थ सरोकार डटकम वा अर्थ सरोकार डटकम संचालक कम्पनीले तपाईंको लेनेदनका शुल्कहरु, भुक्तानीहरु, कर्जामा लाग्ने अतिरिक्त शुल्क वा लागतहरुको जिम्मा लिँदैन । हामीले प्रदान गर्ने जानकारीहरु, सम्बन्धित वित्तीय संस्थाहरू, सेवा प्रदायकहरू, वा विशेष उत्पादन विक्रेताहरूको वेबसाइटहरूमा फेला परेको भन्दा फरक पनि पर्न सक्छ । त्यसैले तपाईंले आफ्नो निर्णय लिनुभन्दा अघि सम्बन्धित बैंक तथा वित्तीय संस्था वा तिनका अफरका नियम र सर्तहरू पढ्नुहोस् । 

अर्थ सरोकार डटकमले यस प्लेटफर्ममा  प्रदान गरिएका जानकारी र सेवाहरूको बारेमा कुनै स्पष्ट वा निहित ग्यारेन्टी  गर्दैन। हामी थप कुनै पनि सामग्री वा सुविधाहरूको प्रयोगको परिणामको रूपमा भएको कुनै पनि नी वा क्षतिको लागि कुनै पनि खालको जिम्मेवारी स्वीकार गर्दैनौँ । 

हाम्रो प्लेटफर्ममा उपलब्ध सामग्रीहरू शैक्षिक उद्देश्यका लागि मात्र हुन् । यसलाई आधिकारिक सल्लाहको रूपमा नलिनुहोला । यस प्लेटफर्मबाट प्राप्त कुनै पनि जानकारीका आधारमा कुनै पनि निर्णय नलिनुहोला । यसका लागि तपाईंले प्रोफेसनल वा विज्ञसँग सल्लाह लिनुपर्नेछ ।  'बैंकर दाई' शैक्षिक उद्देश्यका लागि बनाइएको एउटा टुलमात्र हो, यसले ऋण मिलाईदिने वा बीचमा मध्यस्तकर्ताको काम गर्दैन, गर्न मिल्दैन ।