नेपाल राष्ट्र बैंकका गभर्नर कहिले को भयो ? यस्तो छ पूर्ण सूची...

 नेपाल राष्ट्र बैंकका गभर्नर कहिले को भयो ? यस्तो छ पूर्ण सूची...

हिमालय शमशेर जबरा
– हिमालय शमशेर जबरा नेपालको पहिलो गभर्नर हुन् । उनले वि.सं. २०१३ सालमा नेपाली नोटमा पहिलो पटक हस्ताक्षर गरेका थिए । राष्ट्र बैंकको गभर्नरमा उनको कार्यकाल ४ वर्ष रहेको थियो ।

लक्ष्मीनाथ गौतम
– लक्ष्मीनाथ गौतम नेपालको दोस्रो गभर्नर हुन् । उनले राष्ट्र बैंकमा वि.सं. २०१७ साल माघ २६ गतेदेखि वि.सं. २०२२ सम्म गभर्नर पदमा रहेर काम गरेका थिए ।

प्रद्युम्नलाल राजभण्डारी
– राजा महेन्द्रको नोटमा हस्ताक्षर गर्ने प्रद्युम्नलाल राजभण्डारी वि.सं. २०२२ असार ४ गते नेपाल राष्ट्र बैंकको गभर्नर बनेका थिए । उनले राष्ट्र बैंकको गभर्नरका रुपमा वि.सं. २०२३ साउन २९ गतेसम्म जिम्मेवारी निर्वाह गरेका थिए ।

डा. भेषबहादुर थापा
– डा. भेषबहादुर थापा नेपालको चौथो गभर्नर हुन् । उनी वि.सं. २०२३ सालमा गभर्नर बनेका थिए । राष्ट्र बैंकको गभर्नरमा रहेर उनले २०२५ सालसम्म काम गरेका थिए ।

डा. यादवप्रसाद पन्त
– नेपाल राष्ट्र बैंकको पाचौँ गभर्नरका रुपमा वि.सं. २०२५ बैशाख १२ गते डा. यादव प्रसाद पन्त नियुक्त भएका थिए । उनले वि.सं. २०२५ सालदेखि २०३० बैशाख १६ गतेसम्म गभर्नरको कार्यभार सम्हालेका हुन् ।

कुलशेखर शर्मा
– कुल शेखर शर्मा नेपालका छैटौँ गभर्नर हुन् । वि.सं. २०३० बैशाख १६ गते गभर्नर पदमा नियुक्त भएका उनले वि.सं. २०३६ मंसिर २६ गतेसम्म गभर्नरको कार्यभार सम्हालेका थिए ।

कल्याणविक्रम अधिकारी
– विं.सं. २०३६ सालदेखि विं.सं. २०४१ सालसम्म गभर्नरको कार्यभार सम्हालेका कल्याणविक्रम अधिकारी नेपालका सातौँ गभर्नर हुन् ।

गणेशबहादुर थापा
– गणेशबहादुर थापा नेपालको आठौँ गभर्नर हुन् । उनी वि.सं. २०४१ चैत १२ गते राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका हुन् । उनको कार्यकाल का रूपमा नेपाल राष्ट्र बैंकको नेतृत्व सम्हालेका हुन् । उनी वि.सं. २०४७ जेठ ८ गते सकिएको थियो ।

हरिशंकर त्रिपाठी
– हरिशंकर त्रिपाठी नेपालका नवौँ गभर्नर हुन् । उनले वि.संं २०४७ साउन २६ गतेदेखि २०५१ माघ ३ गतेसम्म नेपाल राष्ट्र बैंकमा गभर्नरको कार्यभार सम्हालेका थिए ।

सत्येन्द्रप्यारा श्रेष्ठ
– नेपालका दशौँ गभर्नर हुन् सत्येन्द्रप्यारा श्रेष्ठ । उनी २०५१ माघ ४ गते नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका थिए । राष्ट्र बैंकको गभर्नरमा उनको कार्यकाल २०५६ माघ ३ गतेसम्म रहेको थियो ।

डा. तिलक रावल
– नेपाल राष्ट्र बैंकको ११औँ गभर्नरको रुपमा डा. तिलक रावल नियुक्त भएका थिए । उनी नेपालमा बर्खास्त हुने पहिलो गभर्नर हुन् । उनी  २०५६ माघ ४ गतेबाट २०५७ भदौ १२ गतेसम्म पहिलो पटक गभर्नर नियुक्त भएका थिए । राष्ट्र बैंकला–ई आधुनिक बनाउने कार्यमा उनको योगदान महत्वपूर्ण मानिन्छ ।

दीपेन्द्रपुरुष ढकाल

– दीपेन्द्रपुरुष ढकाल नेपालको १२औँ गभर्नर हुन् । उनी वि.सं. २०५७ साल भदौ १२ गते राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका थिए । गभर्नरमा उनको कार्यकाल सात महिना मात्रै रहेको थियो । उनको कार्यकाल २०५७ चैत २७ गते सकिएको थियो ।

विजयनाथ भट्टराई
– नेपालका लागि विजयनाथ भट्टराई १३औँ गभर्नर हुन् । उनी सन् २००५ मा राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका हुन् । उनले सन् २०१० सम्म गभर्नरको जिम्मेवारी निर्वाह गरेका थिए । उनी गणतान्त्रिक नेपालका पहिलो गभर्नर हुन् ।

दिपेन्द्रबहादुर क्षेत्री

– नेपालका लागि दिपेन्द्रबहादुर क्षेत्री १४औँ गभर्नर हुन् । उनी वि.सं. २०६५ माघ १३ गतेदेखि २०६६ साउन ११ गतेसम्म राष्ट्र बैंकको गभर्नर पदमा रहेको थिए । विजयनाथ भट्टराई भ्रष्टाचार आरोप लागेर निलम्बनमा परेपछि क्षत्रीलाई गभर्नर बनाइएको थियो । उनी ६ महिना मात्रै राष्ट्र बैंकको गभर्नर बनेका हुन् ।

डा. युवराज खतिवडा

– नेपालका १५औँ गभर्नर हुन् डा. युवराज खतिवडा । उनी २०६६ सालमा राष्ट्र बैंकको गभर्नर बनेका हुन् । गभर्नर पदमा उनको कार्यकाल २०७१ सालसम्म रहेको थियो । उनी पूर्वअर्थमन्त्रीसमेत हुन् ।

डा. चिरञ्जीवी नेपाल
– नेपालको १६औँ गभर्नरका रुपमा वि.सं. २०७१ सालमा डा. चिरञ्जीवी नेपाल नियुक्त भएका थिए । राष्ट्र बैंकको गभर्नरमा उनको कार्यकाल २०७६ सालमा सकिएको हो ।

महाप्रसाद अधिकारी
– महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको १७औँ गभर्नर हुन् । उनी वि.सं. २०७६ चैत २४ गते राष्ट्र बैंकको गभर्नर पदमा नियुक्त भएका हुन् । यसअघिका गभर्नर नेपालसँगै दुई वर्ष काम गरेर अधिकारी २०७३ सालमा डेपुटी गभर्नरको कार्यकाल पूरा गरी राष्ट्र बैंकबाट बाहिरिएका थिए । पछि २०७६ सालमा मन्त्रिपरिषद्को बैठकले राष्ट्र बैंकको गभर्नरमा अधिकारीलाई नियुक्त गरेको हो ।

(5) Discussion on नेपाल राष्ट्र बैंकका गभर्नर कहिले को भयो ? यस्तो छ पूर्ण सूची...

Log in to comment!

अवको गभर्नर को होला ? I am wondering, who will be the next governor ?

बैंकर दाई कस्तो लागिरहेको छ, आफ्ना सुझावहरु राखिदिनुहोस् है !!

तपाईंलाई सबैभन्दा बढी मन पर्ने गभर्नर को हो ? कमेन्ट गर्नुहोला

यो आर्टिकल तयार गर्ने साथीलाई धन्यवाद !! बैंकर दाई हेर्नुहुने सबैलाई अर्थ सरोकारकर्मी म सुदर्शन श्रेष्ठको तर्फबाट नमस्कार