बिस्तार उन्मुख व्यवसाय/ बड्दो व्यवसाय
१) सुष्म उद्योग
नेपाल औध्योगिक व्यासाय ऐन २०७६ खण्ड ८, अनुशुची १ अनुसार, अनुमती लिनुपर्ने बाहेक का निम्न अवस्थाका उद्योगलाई सुष्म उद्योगमा बर्गीकरण गरिएको छ ।
अधिकतम घर जग्गा बाहेकका २० लाख स्थिर पुँजी भएका व्यवसाय हरु ।
व्यवसायको व्यवस्थापन र कार्यन्वनमा उध्मी स्वंम को सम्लगन्ता भएका व्यवसायहरु ।
उध्मी सहित बढिमा ९ कर्मचारी भएका व्यवसायहरु
बर्षिक कारोबार १ करोडभन्दा कम भएका व्यवसायहरु ।
बिधुत, इन्धन वा जेनेरेटर द्वारा सन्चालित ईन्जिन, औजार वा यन्त्र भएमा सो को क्षमता २० कि. वाट सम्म सन्चालीत व्यवसायहरु ।
२) घरेलु उद्योग
निम्न उद्योगलाई घरेलु उद्योगमा वर्गिकरण गरिएको छ :
परम्परागत सीप र प्रविधीमा आधारित व्यवसायहरु ।
स्थानीय कच्चा पदार्थ, विशिष्ट सिप, स्थानिय प्रविधी, कला र परम्परामा आधारीत व्यवसायहरु ।
बिधुत, इन्धन वा जेनेरेटर द्वारा सन्चालित ईन्जिन, औजार व यन्त्र भएमा सो को क्षमता ५० कि। वाट सम्म सन्चालीत व्यवसायहरु ।
औधोगिक व्यवसाय ऐन २०७६ को अनुशुची २ मा उल्लेखित व्यवसाय हरु ।
साना उद्योग
· नेपाल राष्ट्र बैंकको परिभाषा अनुसार सुष्म तथा घरेलु उधोग बाहेक का अधिकत्तम १५ करोड सम्म स्थिर पुंजी भएका औधोगिक व्यवसाय ऐन २०७६ अनुसारका व्यवसायहरु ।
मझौला उद्योग
· नेपाल राष्ट्र बैंकको परिभाषा अनुसार १५ करोड देखी ५० करोड सम्म स्थिर पुंजी भएका औधोगिक व्यवसाय ऐन २०७६ अनुसारका व्यवसायहरु ।