कसले लिन पाउँछन् यस्तो कर्जा ?
- १८ बर्ष पुगेको नेपाली नागरिक
 - तलवी वा आफ्नो व्यवसाय गरेको व्यक्ति
 - धितोमा राखिने घरजग्गाको बाटो न्युनतम ८ फिट चौडाईको हुनुपर्छ ।
 
के के डकुमेन्ट चाहिन्छ ?
1.तपाईंको परिचय
- तपाईंको र ग्यारेन्टरको नागरिकताको कपि (सक्कल नागरिकता पनि आवश्यक पर्न सक्छ)
 - तपाईं ऋणी र ग्यारेण्टरको फोटो
 - पारिवारिक विवरणसहितको स्थानीय तहको सिफारिस
 - व्यावसायिक आय स्रोत देखाएको हकमा फर्म / कम्पनीको दर्ता प्रमाणपत्र / प्यान / भ्याट प्रमाणपत्र
 
2. धितोसँग सम्बन्धित कागजात
- धनीपूर्जाको सक्कल प्रति
 - तिरो तिरेको रसिद
 - राजिनामा /बकसपत्र / अंशबण्डा लगायतका कागजात
 - नक्सा र धितोको फाइल नक्सा
 - प्रमाणित चारकिल्ला
 - स्थानीय तहले गरिदिएको घरको नक्साको सिफारिस
 - निर्माण सम्पन्न प्रमाणपत्र / अभिलेखीकरणको प्रमाणपत्र
 
3.आयस्रोतसम्बन्धि कागजात
- तपाईंको स्यालरी सर्टिफिकेट
 - नियुक्तिपत्र
 - घर बहाललाई आय मानिएको छ भने घर बहाल सम्झौता र घरको बहाल कर तिरेको रसिद
 - पेन्सनपट्टालाई आयस्रोत मानिएको छ भने सोको कागजात
 - व्यवसायलाई आयस्रोत मानिएको छ भने सम्बन्धि कम्पनीको अडिट रिपोर्ट र कर चुक्ताको प्रमाणपत्र
 - ऋणीको प्यान नम्बर