Professional Loan

कसले लिन पाउँछन् यस्तो कर्जा ?

  • १८ बर्ष पुगेको नेपाली नागरिक 
  • तलवी वा आफ्नो व्यवसाय गरेको व्यक्ति
  • धितोमा राखिने घरजग्गाको बाटो न्युनतम ८ फिट चौडाईको हुनुपर्छ ।  

के के डकुमेन्ट चाहिन्छ ?

1.तपाईंको परिचय 

  • तपाईंको र ग्यारेन्टरको नागरिकताको कपि (सक्कल नागरिकता पनि आवश्यक पर्न सक्छ)
  • तपाईं ऋणी र ग्यारेण्टरको फोटो
  • पारिवारिक विवरणसहितको स्थानीय तहको सिफारिस
  • व्यावसायिक आय स्रोत देखाएको हकमा फर्म / कम्पनीको दर्ता प्रमाणपत्र / प्यान / भ्याट प्रमाणपत्र

2. धितोसँग सम्बन्धित कागजात

  • धनीपूर्जाको सक्कल प्रति
  • तिरो तिरेको रसिद
  • राजिनामा /बकसपत्र / अंशबण्डा लगायतका कागजात
  • नक्सा र धितोको फाइल नक्सा
  • प्रमाणित चारकिल्ला 
  • स्थानीय तहले गरिदिएको घरको नक्साको सिफारिस
  • निर्माण सम्पन्न प्रमाणपत्र / अभिलेखीकरणको प्रमाणपत्र

3.आयस्रोतसम्बन्धि कागजात

  • तपाईंको स्यालरी सर्टिफिकेट
  • नियुक्तिपत्र 
  • घर बहाललाई आय मानिएको छ भने घर बहाल सम्झौता र घरको बहाल कर तिरेको रसिद
  • पेन्सनपट्टालाई आयस्रोत मानिएको छ भने सोको कागजात
  • व्यवसायलाई आयस्रोत मानिएको छ भने सम्बन्धि कम्पनीको अडिट रिपोर्ट र कर चुक्ताको प्रमाणपत्र
  • ऋणीको प्यान नम्बर

(1) Discussion on Professional Loan

Log in to comment!

Sir mero firm ko registration 2079-11-16 gate vayeko thiyo.ani firm ko audit kahile garna milcha