Personal Loan

व्यक्तिगत कर्जाका लागि आवश्यक कुराहरु :

व्यक्तिगत टर्म कर्जा
५०लाख रुपियाँसम्मको यस प्रकारको कर्जाका लागि कर्जाको उद्देश्य मुनासिव हुनुपर्नेछ

कर्जा अवधि २० बर्षसम्मको हुनेछ

व्यक्तिगत ओभरड्राफ्ट कर्जा 

यो कर्जा ५० लाख रुपैयाँसम्म लिन मिल्ह्च

यो कर्जा बढीमा १ बर्षका लागि लिन मिल्छ । तर आवश्यकता अनुसार यस्तो कर्जालाई नविकरणसमेत गर्न मिल्छ ।

कसले लिन पाउँछन् यस्तो कर्जा ?

  • १८ बर्ष पुगेको नेपाली नागरिक

  • तलवी वा आफ्नो व्यवसाय गरेको व्यक्ति

  • धितोमा राखिने घरजग्गाको बाटो न्युनतम ८ फिट चौडाईको हुनुपर्छ ।

के के डकुमेन्ट चाहिन्छ ?

1.तपाईंको परिचय 

  • तपाईंको र ग्यारेन्टरको नागरिकताको कपि (सक्कल नागरिकता पनि आवश्यक पर्न सक्छ)

  • तपाईं ऋणी र ग्यारेण्टरको फोटो

  • पारिवारिक विवरणसहितको स्थानीय तहको सिफारिस

  • व्यावसायिक आय स्रोत देखाएको हकमा फर्म / कम्पनीको दर्ता प्रमाणपत्र / प्यान / भ्याट प्रमाणपत्र

2. धितोसँग सम्बन्धित कागजात

  • धनीपूर्जाको सक्कल प्रति

  • तिरो तिरेको रसिद

  • राजिनामा /बकसपत्र / अंशबण्डा लगायतका कागजात

  • नक्सा र धितोको फाइल नक्सा

  • प्रमाणित चारकिल्ला

  • स्थानीय तहले गरिदिएको घरको नक्साको सिफारिस

  • निर्माण सम्पन्न प्रमाणपत्र / अभिलेखीकरणको प्रमाणपत्र

3.आयस्रोतसम्बन्धि कागजात

  • तपाईंको स्यालरी सर्टिफिकेट

  • नियुक्तिपत्र

  • घर बहाललाई आय मानिएको छ भने घर बहाल सम्झौता र घरको बहाल कर तिरेको रसिद

  • पेन्सनपट्टालाई आयस्रोत मानिएको छ भने सोको कागजात

  • व्यवसायलाई आयस्रोत मानिएको छ भने सम्बन्धि कम्पनीको अडिट रिपोर्ट र कर चुक्ताको प्रमाणपत्र

  • ऋणीको प्यान नम्बर

Comments

Sign in to join the conversation.

Sign in

No comments yet. Start the conversation.